चुनावी सरगर्मीले आन्तरिक हवाई उडानमा उत्साह, वायुसेवा कम्पनीहरूको व्यापारमा बढोत्तरी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चुनावी सरगर्मीले आन्तरिक हवाई उडानमा उत्साह, वायुसेवा कम्पनीहरूको व्यापारमा बढोत्तरी



काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको लागि टिकट वितरण प्रक्रिया सुरु भएसँगै आन्तरिक हवाई कम्पनीहरूको व्यापारमा वृद्धि भएको छ ।

चुनावी चटारोका कारण उम्मेदवार, राजनीतिक कार्यकर्ता र निर्वाचन समन्वय टोलीहरूको आवागमन तीव्र हुँदा हवाई उडानको अकुपेन्सी उच्च बिन्दुमा पुगेको हो ।

चुनावी दबाब र हवाई यात्रा निर्वाचन नजिकिँदै गर्दा प्रचारप्रसार, राजनीतिक भेटघाट र संगठन विस्तारका लागि उम्मेदवारहरूलाई छिटो गन्तव्यमा पुग्नुपर्ने दबाब छ । यसैकारण उनीहरूले हवाई यात्रालाई प्राथमिक माध्यम बनाउँदा राजधानीबाट जिल्लातर्फ र जिल्लाबाट काठमाडौं फर्कने उडानहरूमा यात्रुको संख्या एकाएक बढेको हो ।

केही समयअघि तराई क्षेत्रमा मौसम प्रतिकूल हुँदा उडान संख्यामा गिरावट आएको भए पनि हाल मौसममा आएको सुधारले विमानहरू पुन: भरिन थालेका छन् ।

उडान तथ्यांकमा बढोत्तरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो तथ्यांकले हवाई चाप स्पष्ट रूपमा बढेको देखाउँछ । माघ ३ गते २०१ उडान अवतरण हुँदा माघ ४ गते २१२ उडान अवतरण गरेको छ । अर्को दिन अझ उडान थपिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकमा देखिएको छ । माघ ५ गते भने २१८ उडान अवतरण गरेको छ ।

पुस २८ गते जम्मा १८८ उडान मात्र भएको तुलनामा यो संख्या निकै बढी हो । यस्तै, हेलिकप्टर उडानमा पनि वृद्धि देखिएको छ, जहाँ माघ ४ गते मात्रै २१ वटा उडान अवतरण भएका थिए ।


प्रतिक्रिया दिनुहोस्