भारतमा निजी चार्टर्ड विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारतमा निजी चार्टर्ड विमान दुर्घटना, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु



काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा बुधबार बिहान निजी चार्टर्ड विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजित पवारसहित अन्य चार जनाको मृत्यु भएको छ।

उपमुख्यमन्त्री अजित पवार जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए। विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी सवार थिए।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार, विमान बारामतीमा अवतरण गर्ने प्रयासका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको ज्यान गएको भारतिय सञ्चार माध्यम ‘द हिन्ले’ लेखेकाे छ।

उड्डयन नियामक निकायले दुर्घटनाग्रस्त विमान दिल्लीस्थित चार्टर कम्पनी भीएसआरको स्वामित्वमा रहेको लियरजेट ४५ भएको जनाएको छ।

यो दुर्घटना क्र्यास ल्यान्डिङका कारण भएको हो वा प्राविधिक खराबीका कारण भएको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिन्छ। विमानका जलेका टुक्रा–टुक्रा चारैतिर छरिएका छन्।

दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा तथा उद्धार टोली परिचालित छन्। स्थानीय प्रशासन, एम्बुलेन्स र मेडिकल टोली घटनास्थलतर्फ खटाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्