८ श्रावण २०८३, शुक्रबार

अर्थतन्त्रको बाह्य क्षेत्रः चालु खाता २ खर्ब २९ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?



काठमाडाें । मुलुकको चालु खाता करिब १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ४ अर्ब २९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ४८ करोड रहेको थियो ।

यता पुस मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति रु.५ खर्ब १ अर्ब २४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोडले बचतमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्