काठमाडाैंबाट उडान भरेको दुई मिनेटमै टर्किस एयरको इन्जिन फेल, कोलकातामा सकुशल अवतरण
काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि भारतको कोलकातामा सफलतापूर्वक अवतरण गरिएको छ।
बुधबार दिउँसो १:२९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘टिके–७२७/ए३३’ फ्लाइट नम्बरको उक्त विमानको उडान भरेको दुई मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको थियो।
विमानको इन्जिन फेल भएपछि तत्कालै डाइभर्ट गरी दिउँसो ३:०३ बजे कोलकातास्थित सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।
२२५ जना यात्रु र ११ जना चालक दलका सदस्य गरी कूल २३६ जना सवार उक्त विमान सुरक्षित अवतरण भएसँगै ठूलो दुर्घटना टरेको छ।













