आमाघरलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

आमाघरलाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागी रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती र संरक्षक विजयराज सिग्देललाई ३ लाखको चेक हस्तान्तरण गरेका हुन ।

आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबल आइएमई बैंकले गरेको सहयोगले निकै हर्षित भएको बताए ।

आमा घर सेवा आश्रमका संरक्षक विजयराज सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरुका लागी अति आवश्यक तातोपानीका लागी सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गरे ।

त्यसैगरी डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरुमा सहयात्री भइरहने बताए ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्