५ आश्विन २०८३, सोमबार

विद्युतीय यातायात प्रवर्द्धन गर्न नेपाल एसबिआई बैंक र ‘सेट-फर-नेपाल’ बीच सहकार्य



काठमाडौं । नेपाल एसबिआई बैंकले नेपालका लागि दिगो विद्युतीय यातायात (सेट–फर–नेपाल) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

सेट–फर–नेपाल परियोजना मिटिगेशन एक्सन फेसिलिटीको आर्थिक सहयोग, नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रीन ग्रोथ इन्सिच्युट (जीजीजीआई) को सहकार्यमा जेर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) द्धारा सञ्चालित कार्यक्रम हो ।

सेट–फर–नेपाल परियोजनाले नेपालको सार्वजनिक यातायातको क्षेत्रमा विद्युतिय सवारीको प्रयोगलाई सर्वस्वीकार्य बनाउन सार्वजनिक यातायात सञ्चालकहरु तथा त्यस्ता सार्वजनिक यातायात माथि लगानी गर्ने वित्तिय मध्यस्तकर्ताहरु (हायर पर्चेज कम्पनीहरु तथा बैंक तथा वित्तिय संस्थाहरु) लाई विभिन्न किसिमका वित्तिय तथा गैर वित्तिय प्रोत्साहनहरु प्रदान गर्दछ । यसले नेपालको सार्वजनिक यातायातलाई दिगो सुविधाजनक तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।

यसका लागि आयोजनाले ३५०० बिद्युतिय माइक्रोबस तथा मिनिबसहरु खरिद तथा सञ्चालन गर्न विभिन्न प्रोत्साहन प्याकेजहरु प्रदान गर्दछ । यस अन्तर्गत विद्युतिय सवारीहरुमा जीपीएस, ई–टिकेटिङ्ग उपकरण तथा नेटवर्किङ्ग गरि एउटा केन्द्रिय वेब पोर्टलमा आयोजना अन्तर्गतका सबै सवारीसाधनहरुलाई आवद्ध गरिनेछ ।

नेपाल एसबिआई बैंकले मध्यस्तकर्ताको भुमिका निभाइ नेपालको हरित पहलमा एक जिम्मेवार योगदान कर्ता बन्ने लक्ष्य लिएको छ ।

सो समझदारी पत्र बैंकका प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र आयोजनाका तर्फबाट जीआईजेड नेपालका मुख्य सल्लाहकार, डिएगो सेनोनर बीच आदानप्रदान भएको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।