१० अंकले घट्यो शेयर बजार, साढे ८ अर्ब बढीको कारोबार
काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अंकले घटेर बन्द भएको छ ।
आज नेप्से ०.३८. प्रतिशतले घटेर २६६२.१४ विन्दुमा पुगेको छ ।
आज नेप्से घट्दा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ८९ हजार ८३६ पटक किनबेच भएको छ ।
बजार दोहोरो अंककले घट्दा पनि म्युचुअल फण्ड र ट्रेडिङ समूह भने बढेको छ ।













