६ महिनामा नेपालले पायो ६५ अर्ब ३९ करोड वैदेशिक सहायता, ७०.५६ प्रतिशत ऋण
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८२ को ६ महिनाको अवधिमा कुल ६५ अर्ब ३९ करोड बराबरको विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ ।
समीक्षा अवधिमा आएको अनुदान मध्ये ७०.५६ प्रतिशत ऋण रहेको अर्थ मन्त्रालय सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख छ ।
यो वर्ष २ खर्ब ८७ अर्ब ११ करोड रुपैयाँ विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्ब ७ करोड ३० लाख रुपैयाँ (२१.२७ प्रतिशत) मात्र प्राप्त भएको प्रतिवेदनमा छ ।













