स्थिर शेयर बजार, साढे ८ अर्ब बढीको कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्थिर शेयर बजार, साढे ८ अर्ब बढीको कारोबार



काठमाडौं । आज शेयर बजार स्थिर रहेको छ । अन्तिम समयसम्म शेयर बजार बजारबार विन्दुमा आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हेर्दा रातो देखिपनि घटेको अंक हेर्दा भने बजार स्थिर रहेको छ । आज नेप्से ०.००.४ अंकले घटेको छ । आज नेप्से ०.०० प्रतिशतले घटेर २६६२.०९ विन्दुमा कायम भएको छ ।

आज दिनभरमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ४५० पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूह मध्ये वार्णिक बैंक समूह, विकास बैंक, ऊर्जा, लगानी र निर्जीवन बीमा बढेको छ । 


प्रतिक्रिया दिनुहोस्