नेकपाबाट निर्वाचित वडाध्यक्ष तामाङ एमाले प्रवेश, नुवाकाेट १ मा मैनालीकाे माहाेल बन्दै « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेकपाबाट निर्वाचित वडाध्यक्ष तामाङ एमाले प्रवेश, नुवाकाेट १ मा मैनालीकाे माहाेल बन्दै



काठमाडाैँ । नुवाकाेट दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

तामाङ आफ्ना समर्थकसहित एमाले प्रवेश गरेका हुन्रा । उनले “काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता बद्री मैनाली नै हुनुहुन्छ,” भन्दै उनले नेकपा छाडेर एमाले रोजेको बताएका छन्।

त​त्कालिन​ माओवादी एवं नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नेताहरूले नुवाकोटमा उल्लेखनीय काम गर्न नसकेको भन्दै आत्मग्लानि व्यक्त गरे। अबको निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनाली लाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको तामाङले बताए ।

एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा र चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। तामाङ​सँगै दुप्चेश्व​र​बाट​ जेन​जी पुस्ताका राजेश​ तामाङ​ प​नि एमाले प्र​बेश​ ग​रेका छ​न् । एमालेबाट नुवाकाेट क्षेत्र नं. १ का उम्मेदवार रहेका मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या बढिरहेकाे छ ।

यसअघि पनि नेपाली कांग्रेस र नेकपाबाट पनि कार्यकर्ता एमाले प्रवेश गरेका थिए। ककनी गाउँपालिकामा ‘जेनजी प्रोटेस्ट’मा सहभागी सयौं युवाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा एमाले उत्कृष्ट र स्पष्ट भिजन भएको पार्टी भएको उल्लेख गर्दै नुवाकोटको विकासका लागि मैनाली नयाँ र काम गर्ने अनुहार भएको भन्दै एमाले रोजेका थिए।

एमाले प्रवेश गरेका तामाङले दुप्चेश्वर क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्