४ आश्विन २०८३, आइतबार

बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि आज थप ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते ४० अर्ब रुपैयाँ बराबरको निक्षेप तान्ने भएकाे छ।

अघिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट ८९ दिनका लागि यो रकम तान्न लागेको हो।

केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

इच्छुक संस्थाहरूले घटीमा १० करोड र बढीमा कुल आह्वान रकमसम्मका लागि ब्याजदरमा बोलकबोल गर्न सक्नेछन्। ८९ दिने अवधिको यो उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ जेठ ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।