चुनावमा ३ दिन विदा दिन निर्वाचन आयोगको सिफारिस, शनिबारदेखि नै तात्ने भो माहोल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चुनावमा ३ दिन विदा दिन निर्वाचन आयोगको सिफारिस, शनिबारदेखि नै तात्ने भो माहोल



काठमाडौं । यही फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

आयोगले आइतबार सरकारलाई एक पत्र पढाउँदै चुनावका लागि आफ्नो ‘थातथलो’ फर्कन, भोट हाल्न र भोलिपल्ट कर्मथलो पुग्नका लागि भनेर ३ दिन बिदा दिन सिफारिस गरेको हो ।

आयोगले मतदाताको ‘उत्साहजनक सहभागिता’ बढाउने उद्देश्यले फागुनको २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको जनाएको छ ।

आयोगको उक्त सिफारिस माथि ‘विचार गर्ने’ र आवस्यक निर्णय गर्ने काम चाहीँ सम्भवत: सोमबार हुने छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने भनिएकाले सोमबार नै यस्तो निर्णय आउने संभावना देखिएको हो ।

यदी त्यसरी ३ दिन विदा भयो भने आगामी शनिबार अर्थात् फागुन १६ देखि नै ‘चुनाव लाग्ने’ देखिएको छ । १८ गते सोमबार पहाडी जिल्लामा फागुपूर्णमा मनाइने भएकाले बिदा छ । १९ गते मंगलबार तराईमा होली मनाइने भएकाले बिदा छ ।

त्यसैले पुरा देश ‘खुल्ला’ रहने भनेको आगामी १७ गते आइतबार मात्रै हुने छ, त्यही एक दिनका लागि मानिसहरु कार्यालयमा हाजिर हुनुभन्दा चुनावी अभियानमा सहभागी हुनमै ज्यादा रहर गर्न सक्छन् ।


प्रतिक्रिया दिनुहोस्