पोखरा विमानस्थल : भ्रष्टाचार आरोप लागेका दुई जनालाई रिहा गर्न आदेश
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार मुद्दामा दुई जनालाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश भएको छ ।
तत्कालिन पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपकचन्द्र अमात्य र पर्यटन मन्त्रालयका तत्कालिन सहसचिव सुरेश आचार्यलाई साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएसँगै उनीहरु दुई जना रिहा भएका छन् ।
अदालतले उनीहरू नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिको बैठकमा उपस्थित त भएको, तर चिनियाँ कम्पनीसँगको खरिद प्रक्रियाका अन्य काममा संलग्न नभेटिएको भनेर रिहा गर्न आदेश दिएको हो ।















