वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू



काठमाडौँ । देशको सबैभन्दा ठूलो भन्सार नाका रहेको वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार विहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

रौतहटमा भएको हिन्दु मुस्लीम द्वन्द्व आइतरबार वीरगञ्जमा पनि फैलिएपछि सोमबार त्यहाँको प्रशासनले कर्फ्यू लगाएको हो । कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी र कर्मचारी, पर्यटक, मानवअधिकारवादी र कूटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटका आधारमा यात्रा गर्नेहरुलाई मात्रै आवतजावतको सुविधा दिइएको छ ।

बाँकी मानिसहरुलाई कर्फ्यू अवधिभर आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न स्थानीय प्रशासनले आदेश जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्