७ निर्माण कम्पनी कालोसूचीमा  « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

७ निर्माण कम्पनी कालोसूचीमा 



काठमाडौं । ७ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नसकेको भन्दै कालोसूचीमा राखेको हो । 

सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो । 

डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स तथा जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स कालोसूचीमा परेका छन् । 

उक्त कम्पनीहरूले ६ महिनादेखि १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायले आह्वान गर्ने खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् । 


प्रतिक्रिया दिनुहोस्