एयर इन्डियाले स्थगित गर्यो मध्यपूर्वका सबै उडान
काठमाडाैं । मध्यपूर्वमा बढ्दो तनाव र असुरक्षित वातावरणका कारण भारतीय विमानसेवा कम्पनी एयर इन्डियाले त्यस क्षेत्रका लागि हुने आफ्ना सबै उडानहरू तत्कालका लागि स्थगित गरेको छ।
कम्पनीले हालको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय लिएको जानकारी दिएको छ।
क्षेत्रीय द्वन्द्व र हवाई मार्गमा देखिएको जोखिमका कारण उडान रद्द गर्दा यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिइएको एयर इन्डियाले जनाएको छ।
उडान स्थगनसँगै मध्यपूर्वका विभिन्न देशहरूमा यात्रा गर्ने तयारीमा रहेका हजारौँ यात्रुहरू प्रभावित भएका छन्। कम्पनीले स्थिति सामान्य नहुँदासम्म यो प्रतिबन्ध कायम रहने संकेत दिएको छ।


















