नुवाकाेट २ मा केशव पाण्डे जिताउन नेेेकपा र परिवार दलबाट नेता कार्यकर्ता एमाले प्रवेश « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नुवाकाेट २ मा केशव पाण्डे जिताउन नेेेकपा र परिवार दलबाट नेता कार्यकर्ता एमाले प्रवेश



काठमाडाैँ । नुवाकाेट क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार केशव पाण्डेलाई जिताउन नेपाली कम्युनिष्ठ पार्टी र नेपाल परिवार दलबाट विभिन्न नेता कार्यक्रता एमाले प्रवेश गरेका छन् ।

शनिबार सदरमुकाम बट्टारमा आयाेजित चुनावी सभामा नेपाली कम्युनिष्ठ पार्टीबाट सन्ताेष बाेगटी, आष्विन खड्का, दिपेन्द्र पुडासैनी, अजय बस्नेत, प्रभात बाेगटी अनिश भुजेल, निषान थापा, मनिष तामाङ, सुवास घले र लक्की घलेलाई एमाले पुर्व पाेलिटव्युराे सदस्य तथा पुर्व मन्त्री महेन्द्र बहादुर पाण्डेले खादा लगाएर एमाले पार्टीमा भित्र्याए ।

त्यस्तै नेपाल परिवार दलबाट कुबेर कुमाल, गणेश कुमाल, मीन कुमार कुमाल, राजकुमार कुमाल, रामबाबु कुमाल, राजु कुमाल, हरे राई, भिमशेन कुमाल, सञ्जय कुमाल, मिलन कुमाल, देव कुमार कुमाल, फुलमाया कुमाल, सुन्द्रर कुमाल, रामजी कुमाल र हरी श्रेष्ठलगायत युवाहरू एमाले प्रवेश गरेका हुन् ।

सभालाई संबाेधन गर्दै एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य केेेशव पाण्डे वास्तविक जेनजीकाे भावना कदर गर्ने पार्टी एमाले भएकाे भन्दै निर्धक्क भएर सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

पाण्डेले आफू वागमती प्रदेश सरकारकाे मन्त्री बन्दा गरेकाे विकास निर्माणमा याेगदान गरेकाे देखेर जनताकाे वास्तविक प्रतिनिधि रहेकाे बताए । उनले केही टुरिष्ट उमेदवारले जनता झुक्याउन हावादारी गफकाे भ्रममा नपर्न आग्रह गरे ।

सभामा एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, पुर्व सांसद नारायण प्रसाद खतिवडा, पुर्व मन्त्री महेन्द्रवहादुर पाण्डेलगायतले संवाेधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्