मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले सुरू गर्‍यो ‘अनलाइन रेस्क्यू पोर्टल’ « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले सुरू गर्‍यो ‘अनलाइन रेस्क्यू पोर्टल’



काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् ।

नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

दूतावासका अनुसार नेपाली नागरिकको अवस्था तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ ।

विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्