चुनावकाे पूर्वसन्ध्यामा एकैदिन प्रतिताेला ११ हजार रूपैयाँ घट्यो सुनको भाउ, चाँदीकाे कति ?
काठमाडाैं । नेपाली बजारमा लगातार बढीरहेकाे सुनकाे मूल्य बुधबार घटेकाे छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे भाउ प्रतितोला तीन लाख १७ हजार ६०० रूपैयाँ निर्धारण भएकाे छ। मंगलबार छापावाल सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारकाे तुलनामा आज चाँदी ताेलामा २७५ रूपैयाँ घटेकाे हाे ।
मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५४० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













