काठमाडौं–३ का उम्मेदवार कुलमान घिसिङले खसाले भाेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

काठमाडौं–३ का उम्मेदवार कुलमान घिसिङले खसाले भाेट



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले आज बिहान ७ बजे नै मतदान केन्द्र पुगेर भोट खसालेका हुन्।

अध्यक्ष घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनी स्वयं काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका छन्।

मतदान गरिसकेपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै घिसिङले देशभर निर्वाचनको अवस्था अहिलेसम्म शान्तिपूर्ण रहेको बताए। उनले जनताले आफू र आफ्नो पार्टीलाई विश्वास गर्नेमा ढुक्क रहेको बताउँदै यस निर्वाचनमा आफ्नो जित हुने दाबी समेत गरे।


प्रतिक्रिया दिनुहोस्