उदयपुरमा सुरक्षाकर्मीकै हतियारबाट गोली पड्किएपछि उमतपेटिकामा क्षति, मतदान भने सुचारु
प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा उदयपुरको एक मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियारबाट अचानक गोली चल्दा मतपेटिकामा सामान्य क्षति पुगेको छ।
उदयपुरको कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा आज बिहान ७:१० बजेतिर यो घटना भएको हो।
निर्वाचन सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जवानले बोकेको ‘सटगन’ बाट अचानक गोली पड्किएको थियो। गोली पड्किएर मतपेटिकामा क्षति पुगे पनि कुनै मानवीय वा अन्य भौतिक क्षति भने भएको छैन।
घटना भएलगत्तै सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउँदै क्षति पुगेको मतपेटिकालाई फेरिएको छ। निर्वाचन आयोग र सुरक्षा निकायको समन्वयमा नयाँ मतपेटिका राखेर मतदान प्रक्रियालाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ। अहिले सो केन्द्रमा कुनै अवरोध विना उत्साहजनक रूपमा मतदान भइरहेको छ।


















