भीम रावलले अछामबाट गरे मतदान
अछाम । नेकपाका प्रभावशाली नेता भीम रावलले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो गृहजिल्ला अछामबाट मतदान गरेका छन्।
रावलले साँफेबगर नगरपालिका वडा नम्बर ६, भागेश्वरस्थित चन्द्रोदय प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनले बिहान मतदान सुरु भएको केही बेरमै अर्थात् ७ बजेर २ मिनेटमा आफ्नो मताधिकार प्रयोग गरेका थिए।
















