कांग्रेस सभापति गगन थापाले गरे ४ बाट मतदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कांग्रेस सभापति गगन थापाले गरे ४ बाट मतदान



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

काठमाडौं–४ थापाले विगतमा लगातार तीन पटक निर्वाचन जितेको ‘पुरानो’ क्षेत्र हो। यद्यपि, यसपटक उनले आफ्नो चुनावी भूगोल परिवर्तन गर्दै मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। काठमाडौं–४ मा यसपटक नेपाली कांग्रेसले युवा नेता सचिन तिमल्सिनालाई चुनावी मैदानमा उतारेको छ।

आफ्नो मतदाता नामावली काठमाडौंमै रहेकाले थापाले मैतीदेवीबाटै मतदान गरेका हुन्। काठमाडौंको गढ छाडेर सर्लाही रोजेका थापाको यो ‘राजनीतिक मुभ’ लाई राजनीतिक वृत्तमा निकै चासो र महत्वका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्