बारामा मतदानकै क्रममा निर्वाचन अधिकृत बेहोस, उपचारका लागि अस्पताल भर्ना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बारामा मतदानकै क्रममा निर्वाचन अधिकृत बेहोस, उपचारका लागि अस्पताल भर्ना



बारा । प्रतिनिधि सभा निर्वाचन २०८२ का क्रममा बारामा खटिएका एक निर्वाचन कर्मचारी अचानक बेहोस भएका छन्। सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, किसनपुर मतदानस्थलमा कार्यरत कर्मचारी श्याम प्रसाद साह आज बिहान कार्यक्षेत्रमै बेहोस भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, मतदान प्रक्रिया चलिरहेकै बेला साह अचानक ढलेका थिए। उनलाई तत्कालै उद्धार गरी उपचारका लागि जिल्लाकै एक स्थानीय अस्पतालमा पठाइएको छ।

अधिकृत बेहोस भएपछि सो केन्द्रमा केही बेर अन्योल छाए पनि अन्य वैकल्पिक व्यवस्था गरी मतदान कार्यलाई निरन्तरता दिइएको सुरक्षा निकायले जनाएको छ। साहको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्