महोत्तरीमा वडाध्यक्षमाथि आक्रमणपछि रोकिएको मतदान सुचारु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

महोत्तरीमा वडाध्यक्षमाथि आक्रमणपछि रोकिएको मतदान सुचारु



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–७ स्थित रानी माध्यमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न तनावपछि रोकिएको मतदान कार्य पुनः सुरु भएको छ।

वारेसनामा मार्फत मतदान गर्ने विषयमा विवाद हुँदा वडाध्यक्षमाथि नै आक्रमण भएपछि केही समय मतदान स्थगित भएको थियो।

बर्दिबास–७ का स्वतन्त्र वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवादको बीजारोपण भएको थियो। सोही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरू र वडाध्यक्ष पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। आक्रमणका क्रममा वडाध्यक्ष यादवको नाकमा चोट लागेको छ।

घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मतदान प्रक्रिया रोकिएको थियो। स्थानीय प्रशासन, निर्वाचन अधिकृत र राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको घनिभूत छलफलपछि दिउँसो १२:३९ बजेबाट मतदान पुनः सुचारु गरिएको छ। अहिले सो केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदाताहरू पुनः पंक्तिबद्ध भएर मतदान गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्