मतपत्रमा हस्ताक्षर नभेटिएपछि स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मतपत्रमा हस्ताक्षर नभेटिएपछि स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकास्थित एक मतदान केन्द्रमा मतदान अधिकृतको गम्भीर त्रुटिका कारण मतदान कार्य स्थगित भएको छ। वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।

मतदानका लागि प्रयोग भइरहेको मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। हस्ताक्षर नभएको मतपत्र फेला परेपछि राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएका थिए, जसका कारण मतदान कार्य ठप्प हुन पुग्यो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल सो केन्द्रमा देखिएको समस्या समाधानका लागि स्थानीय राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र निर्वाचन कर्मचारीबीच छलफल भइरहेको छ। हस्ताक्षर छुटेका मतपत्रको व्यवस्थापन र मतदान पुनः सुचारु गर्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्