कांग्रेसले यी पाँच स्थानमा लियो अग्रता, ४५ सिटमा रास्वपाको एकछत्र बर्चस्व « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कांग्रेसले यी पाँच स्थानमा लियो अग्रता, ४५ सिटमा रास्वपाको एकछत्र बर्चस्व



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसले पाँच विभिन्न निर्वाचन क्षेत्रहरूमा अग्रता कायम गरेकाे छ।

प्राप्त पछिल्लाे विवरण अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार उदयशमशेर राणा २,६७४ मतसहित अगाडि रहेका छन्। त्यस्तै, रसुवा निर्वाचन क्षेत्र नम्बर १ मा मोहन आचार्यले २,०९८ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन् भने कपिलवस्तु क्षेत्र नम्बर ३ मा अभिषेकप्रताप शाह १,८९० मतका साथ अग्रस्थानमा देखिएका छन्।

कैलाली क्षेत्र नम्बर १ मा जनकराज चौधरी ३४८ मतसहित अगाडि बढिरहेका छन् भने मुस्ताङ क्षेत्र नम्बर १ मा याेगेश गाैचन थकाली १ हजार ५१२ पनि अग्रता हासिल गरेका छन्। यी क्षेत्रहरूमा मतगणना कार्य जारी रहेकाले अन्तिम नतिजा आउन भने अझै केही समय कुर्नुपर्ने देखिएको छ।

यद्यपि, समग्र राष्ट्रिय चित्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबदबा देखिएको छ। हालसम्म ४५ निर्वाचन क्षेत्रमा रास्वपाले प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित आफ्नो अग्रता सुरक्षित गरिरहेको छ। रास्वपाको यो तीव्र रफ्तारले पुराना शक्तिहरूलाई ठूलो चुनौती दिएको विश्लेषण गरिएको छ।

नेपाली कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि पहिलो स्थानमा रहेको रास्वपासँगको मतान्तर भने निकै ठूलो रहेको छ। सुरुवाती चरणमै देखिएको यो मतान्तरले यस पटकको निर्वाचन परिणाममा नयाँ राजनीतिक शक्तिको बलियो उदय हुने संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्