काठमाडौँबाट रञ्जु दर्शनाको सानदार जित: रास्वपाको खाता खुल्यो, देशभर ४६ सिटमा अग्रता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चालू मतगणनामा आफ्नो पहिलो जित दर्ता गर्दै उत्साहजनक सुरुवात गरेको छ। काठमाडौँको एक निर्वाचन क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरसहित निर्वाचित भएकी हुन्।
अन्तिम परिणाम अनुसार रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत मात्रै पाएका छन्।
सोही क्षेत्रमा राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतमा समेटिएका छन् भने एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गरेका छन्।
काठमाडौँमा जितको खाता खोलेको रास्वपाले देशभरका अन्य ४६ निर्वाचन क्षेत्रमा पनि विशाल मतान्तरसहित आफ्नो अग्रता कायम गरिरहेको छ। नयाँ शक्तिको रूपमा उदाएको रास्वपाको यो लहरले स्थापित पुराना दलहरूलाई निकै पछाडि पारेको छ।















