यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीका साथै वायुमण्डलका विभिन्न तहमा रहेका मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ।

यसका कारण आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि मौसम बदली भई हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ। बिहीबार मात्रै देशका कतिपय स्थानमा छोटो समयमै भारी वर्षा मापन गरिएको थियो।

आज दिउँसो कोसी प्रदेश लगायत अन्य पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा फाटफुट वर्षा र हिमपातको सम्भावना कायमै रहने छ।


प्रतिक्रिया दिनुहोस्