सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित रहनेछु : सञ्चार मन्त्री गुरुङ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित रहनेछु : सञ्चार मन्त्री गुरुङ



काठमाण्डौ । सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएक छन ।

आज विहान नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग पुल्चोकको आफ्नो निवासमा भएको सामूहिक भेटमा उनले सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने बताएका छन ।

नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नुपरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घल गायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सार्ने बताएक छन । सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ उनले भने ।


प्रतिक्रिया दिनुहोस्