सबै निजी तथा सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोरोनाका बिरामीको लागि छुट्याउनु पर्ने « Arthapath.com
२१ असार २०८२, शनिबार

सबै निजी तथा सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोरोनाका बिरामीको लागि छुट्याउनु पर्ने



काठमाडौं । सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्लेपतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन भनेको हो।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने बताएका छन ।

यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो। मन्त्रालयले उक्त निर्णय परीवर्तन गर्दै ५० प्रतिशत पुर्याएको हो।


प्रतिक्रिया दिनुहोस्