एकै दिन साढे १२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

एकै दिन साढे १२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज सुनको मूल्य एकै दिन तोलामा उच्च गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १२ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८२ हजार रुपैयाँमा आएको छ । 

आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । 

शुक्रवार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ५४० रुपैयाँमा आएको छ । 


प्रतिक्रिया दिनुहोस्