वाडा अटो शो २०२६ मा लक्ष्मी ग्रुपको धमाका: हुन्डाई, फोर्थिङ र काइयीमा आकर्षक अफर
काठमाडाैं। नेपालमा हुन्डाई, फोर्थिङ र काइयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ।
चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ।
यस विशेष प्रदर्शनी अन्तर्गत ग्राहकहरूले पाउन सक्ने सुविधाहरू:
फोरर्थिङ फ्राइडेमा ७ लाख रुपैयाँसम्मको लाभ
प्रिमियम इलेक्ट्रिक एसयुभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट आवर क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध छ। १८५ एमएम ग्राउण्ड क्लियरेन्स र डब्लुएलटीपी अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ, उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन प्रस्तुत गर्दै।
फोर्थिङका साथै, लक्ष्मी ग्रुपले वाडा अटो शोमा आफ्नो हुन्डाई र काइयी लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ। कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।
लक्ष्मी ग्रुप नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्य उन्मुख गतिशीलता समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै ग्राहकहरूको मूल्य र स्वामित्व अनुभवलाई निरन्तर उकास्दै आएको छ।













