एकैपटक अर्थ मन्त्रालयका ३० उपसचिवकाे सरूवा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकैपटक अर्थ मन्त्रालयका ३० उपसचिवकाे सरूवा



काठमाडौँ । अर्थ मन्त्रालय ३० जना उपसचिवहरूको एकैपटक सरूवा तथा पदस्थापन गरिएकाे छ।

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा कार्यरत ३० उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा विभिन्न प्रदेशका आर्थिक मामिला मन्त्रालयहरूमा पठाउने निर्णय गरेका हुन्।

मन्त्रालयका सहसचिव रामराज प्रसाद चौरसियालाई सुनसरी भन्सार, गोपाल प्रसाद भट्टराईलाई भन्सार विभाग र प्रमोद दासलाई सिराहा भन्सारको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा कृष्ण प्रसाद न्यौपाने, आन्तरिक राजस्व विभागमा केशव रघुवंशी र हिमलाल शर्मालाई पठाइएको छ। चक्र प्रसाद ढुंगानालाई सुर्खेत र सूर्य बहादुर कुवँरलाई दमकस्थित राजस्व कार्यालयमा खटाइएको छ।

यसैगरी विमानस्थल भन्सारतर्फ हरिप्रसाद भण्डारीलाई पोखरा, ईश्वरी खत्री र वामदेव पन्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा मीनू वसन्ती कपालीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पदस्थापन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्