बैंक खाताबाट ग्राहकको पैसा चोरेको आरोपमा इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ
काठमाडाैं । ग्राहकको खातामा रहेकाे पैसा हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी एक कर्मचारी पक्राउ परेकी छन् ।
ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई पक्राउ गर्नका लागि बैंकले नै उजुरी दिएपछि प्रहरीले बानियाँलाई नियन्त्रणमा लिएको हो।
बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । ग्राहकको पैसा हिनामिना गरेको आरोपपछि प्रहरीले उनसँग प्रारम्भिक बयान लिएको थियाे । प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीले जनाएकाे छ।
हिरासतमा रहेकी आरोपित कर्मचारी माथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।













