क्रिमियामा रुसी सैन्य विमान दुर्घटना, ६ चालक दलका सदस्यसहित २९ यात्रुको मृत्यु
काठमाडाैं । बुधबार बिहान रूसी सेनाको विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। रुसी समाचार एजेन्सी तासले आज बिहान क्रिमियाको एक भिरमा एएन-२६ रूसी सैन्य ढुवानी विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै २९ जनाको मृत्यु भएको पुष्टी गरेकाे हाे।
प्रारम्भिक अनुसन्धान अनुसार प्राविधिक गडबडीका कारण यो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।मंगलबार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे विमानसँगको सम्पर्क विच्छेद भएको थियो। उक्त विमान क्रिमियाको पहाडी क्षेत्रमा नियमित उडानमा रहेको थियो। सन् २०१४ मा रुसले युक्रेनबाट आफ्नो नियन्त्रणमा लिएको यो प्रायद्वीप काला सागरको तटमा अवस्थित छ।
उद्धार टोलीले दुर्घटनास्थल फेला पारिसकेको र विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए। ति मध्ये कोही पनि जीवित फेला परेनन्। एएन-२६ उद्धार टोलीले दुर्घटनास्थल फेला पारिसकेको र विमानमा ६ जना चालक दलका सदस्य र २३ जना यात्रु सवार थिए। ति मध्ये कोही पनि जीवित फेला परेनन्।
विमानमा बाह्य कुनै वस्तु (जस्तै मिसाइल, ड्रोन वा चरा) ले ठक्कर दिएको सङ्केत नपाइएको रुसको रक्षा मन्त्रालयले जनाएकाे छ। ‘दुर्घटनाको प्रारम्भिक कारण प्राविधिक खराबी नै देखिएको छ,’ मन्त्रालयले भनेको छ, ‘हाल सैन्य आयोगले घटनास्थलमा थप अनुसन्धान गरिरहेको छ।’













