७ श्रावण २०८३, बिहिबार

किरण पण्डित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डित चयन भएका छन् ।

मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा खाली रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले पेस गरेको प्रस्तावलाई स्वीकृत गर्दै उनलाई सो जिम्मेवारी सुम्पिएको हो ।

नवनियुक्त डेपुटी गभर्नर पण्डित विसं २०६२ सालमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए । उनले लामो समयदेखि बैंकका विभिन्न विभागमा कार्यकारी निर्देशकको रूपमा अनुभव बटुल्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्