सम्पत्ति शुद्धीकरण मुद्दामा तानिए देउवा दम्पती, अदालतबाट पक्राउ पुर्जी जारी
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको छ।
उनीहरू विदेशमै रहेको समयमा पक्राउ पुर्जी जारी भएकाे हाे । हाल देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा रहँदै आएका छन्।
गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनीसँग जोडिएको देखिएको छ। उक्त आगजनीमा देउवा दम्पती घाइते समेत भएका थिए। घटनाको समयमा घरको जलेको भागमा ठूलो परिमाणमा नगद फेला परेको भन्दै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भएका थिए।













