श्रममन्त्री दिपककुमार साह १३ दिनमै पदमुक्त
काठमाडाैं । कार्यकाल सुरु भएको दुई हप्ता नपुग्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह पदमुक्त बनेकाेका छन् ।
मन्त्री साहले आफ्नै पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गर्ने विवादास्पद निर्णय गरेपछि उनी विवादमा तानिएका थिए।
नातावादलाई प्रश्रय दिएको र पदीय मर्यादा उल्लंघन गरेको ठहर गर्दै उनलाई पदमुक्त गरिएको हो। नियुक्ति लगत्तै उनको विवादित पृष्ठभूमिका विषयमा समेत प्रश्न उठ्दै आएको थियो।
साहलाई फिर्ता बोलाउन उनकै पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्राचार गरेका थिए। मन्त्रीले पदीय आचरण विपरीत काम गरेको भन्दै पार्टीले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।
पार्टीको सोही सिफारिस र मन्त्रीका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री शाहले उनलाई जिम्मेवारीबाट हटाएका हुन्।













