दसैँको मुखमा भारत जानेहरूको लर्को (फोटो फिचर) « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

दसैँको मुखमा भारत जानेहरूको लर्को (फोटो फिचर)



काठमाडौं । हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको यहाँस्थित नेपाल भारत नाकामा लर्को लागेको छ ।


विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ ।


यहाँस्थित नेपाल भारत नाका जमुनाह ईलाका प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले दसँै शुरु भैसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको छ ।
उहाँले आफ्नो देशमा रोजगारी नपाएपछि भोकै बस्ने अवस्था आएकोले चाडपर्व र आफन्त छोडेर भारत जान थालेको बताउनुभएको छ ।


अहिले दैनिक तीन सयदेखि चार सयको हाराहारीमा नेपालीहरु रोजगारीका लागि भारत छिरिरहेका छन् । जमुनाह नाकामा उनिहरुको नाम ठेगाना लगायतको सबै विवरण राखेर मात्रै भारत जान दिईएको प्रहरीले जनाएको छ ।


यसरी जाने अधिकांशसंग भारतीय आधार कार्ड समेत रहेकोले उनिहरुले सो देखाएर पनि भारत छिरिरहेको सई गिरीले बताउनुभयो । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्