गगनको पक्षमा सर्वोच्चको फैसला, टुङ्गियो कांग्रेसको विवाद
काठमाडौं । भृकुटी मण्डपमा विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा कार्यसमिति गठन गर्ने प्रक्रियालाई सर्वोच्च न्यायालयले पनि अनुमोदन गरिदिएको छ।
सर्वोच्च अदालतले शुक्रबार नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा फैसला सुनाएको छ। उक्त फैसलाले थापा नेतृत्वको नयाँ कार्यसमिति धिकारिकता प्रदान गर्ने निर्वाचन आयोग नेपालको निर्णय सदर गरेको हो ।
न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्याएको छ ।
योसँगै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्चमा दायर रिट खारेज भएको छ ।
सर्वोच्चको निर्णयले विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अस्विकृत भएको हो । साथै गगनको सभापतित्वमा गठित कार्यसमितिले पूर्णतः वैधानिकता प्राप्त गरेको छ।
अब शेरबहादुर देउवा समूहका नेताहरू या त गगन समूहसँग मिलेर जाने, नभए नयाँ पार्टी गठन गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। अथवा ठूलो समूहमन्त्री नेताहरूले ‘सामूहिक अवकाश’ पनि लिन सक्नेछन्।













