एडिबीको १५ अर्ब ३० करोड सहुलियतपूर्ण ऋण सहायता अघि बढाउने सरकारको निर्णय, सहसचिवको नेतृत्वमा वार्ता टोली गठन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एडिबीको १५ अर्ब ३० करोड सहुलियतपूर्ण ऋण सहायता अघि बढाउने सरकारको निर्णय, सहसचिवको नेतृत्वमा वार्ता टोली गठन



काठमाडौं । सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ३० करोड रुपैयाँ बढी) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने सो टोलीले एडिबीसँग ऋणका सर्त र परियोजनाका प्राविधिक विषयमा अन्तिम चरणको वार्ता गर्नेछ।

यस परियोजनाले सहरी क्षेत्रमा खानेपानीको आपूर्ति र ढल व्यवस्थापनलाई आधुनिक एवं व्यवस्थित बनाउने लक्ष्य राखेको छ। वार्ता टोलीले तयार पारेको अन्तिम प्रतिवेदन र सम्झौताको मस्यौदापछि मात्रै सरकारले औपचारिक रूपमा ऋण स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर गर्नेछ।


प्रतिक्रिया दिनुहोस्