उद्योगपति शेखर गोल्छा पक्राउ, के हो कसुर ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योगपति शेखर गोल्छा पक्राउ, के हो कसुर ?



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोल्छालाई नेपाल धितो पत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

नेपाल धितो पत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्नका लागि प्रयोग हुने गरेको प्रतिवेदन नेपाल धितोपत्र बोर्डले तयार पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्