१२ श्रावण २०८३, मंगलबार

नेप्से परिसूचक ७.७३ अंकले बढ्याे, कारोबार रकम भने ४ अर्ब ७४ करोडमा खुम्चियो



काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.७३ अंकले बढेर २७ सय ९६ दशमलव ४३ बिन्दुमा रोकिएको छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३५१ कम्पनकिो १ करोड ८ लाख ९९ हजार ४६१ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ३५१ वटा कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ५ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको थियो।

आज वाणिज्य बैंक ०.६८, विकास बैंक १.१४, फाइनान्स ०.४२, हाेटल तथा पर्यटन ०.९७, उत्पादन तथा प्रशोधन १.५२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ र निर्जीवन बीमा समूहको उपसूचक ०.१५ प्रतिशत बढेका छन् भने बाकी समुहका उपसूचक घटेका छन् । यसदिन व्यापार समुह सर्वाधिक १.३९ प्रतिशत घेकाे छ।

आज १५७ वटा कम्पनीको शेयर बढेकोमा १०२ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

यसदिन कर्पाेरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य १५ प्रतिशतले बढेकाे छ भने सिटी हाेटलकाे सेयर मूल्य १४.९९ प्रतिशत बढेकाे छ।