६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सिजी मेरिडिया, एआई स्मार्ट एयर फ्रायरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

६ महिनामै नेपाली भान्साको अभिन्न अङ्ग बन्दै सिजी मेरिडिया, एआई स्मार्ट एयर फ्रायरु



काठमाडौँ । नेपालकै अग्रणी इलेकट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम श्रेणी सिजी मेरिडिया अन्तर्गत आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको छ । 

 नेपालकै पहिलो एआई सञ्चालित स्मार्ट एयर फ्रायरले ६ महिनाको छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ। विशेष गरी हाल देशभर भइरहेको बेमौसमी वर्षा र र ओसिलो मौसमको समयमा तात्तातो र स्वास्थ्यवर्धक परिकारका लागि यो स्मार्ट एयर फ्रायर एक अनिवार्य आवश्यकता साबित भएको छ।

नेपालकै पहिलो एआई प्रविधि यसमा भएको आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनल क्यामेराले खानाको प्रकार र तौल आफैँ चिनिदिन्छ। तपाईँले सेटिङ मिलाइरहनु पर्दैन, यसले आफैँ पर्फेक्ट तापक्रम र समय निर्धारण गर्छ , जसले तपाईँको बहुमूल्य समयको बचत गराउँछ।

स्मार्ट नियन्त्रण घरको काममा व्यस्त हुँदा वा अन्य कोठामा बसेरै पनि सिजी स्मार्ट होम एप मार्फत मोबाइलबाटै खाना पकाउन र निगरानी गर्न सकिन्छ।

८ लिटरको विशाल क्षमता मध्यम र ठुला नेपाली परिवारका लागि एकै पटक पर्याप्त मात्रामा परिकार तयार पार्न सकिने सुविधा।

स्मार्ट स्प्रेु प्रविधि वाटर स्प्रेु फङ्सनले खानालाई सुक्खा हुन नदिई बाहिर कुरकुरे र भित्र रसिलो बनाउँछ।

९०५ सम्म कम तेलसङ स्वास्थ्यप्रति सचेत व्यक्तिका लागि तेलको न्यूनतम प्रयोगमा पनि तारेको जस्तै स्वादिलो अनुभव।

झरी र ओसिलो मौसमको उत्तम सहयात्री

बाहिर पानी परिरहेको र चिसो बढेको समयमा तात्तातो र स्वास्थ्यवर्धक खाजाको चाहनालाई यसले केही मिनेटमै पूरा गर्छ। २५ वटा स्वचालित मेनुले गर्दा समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइज वा केक—जुनसुकै परिकार पनि व्यावसायिक स्वादमा तयार हुन्छन्।

मुख्य प्राविधिक विशेषताहरू

पारदर्शी झ्याल पकाउने प्रक्रियालाई बाहिरबाटै सजिलै नियाल्न सकिने।

१८०० वाटको शक्तिशाली कन्भेक्सन हिटिङ मेकानिजम यसले तातो हावालाई तीव्र गतिमा प्रवाह गराई खाना छिटो र समान रूपमा पकाउँछ, जसले भान्साको समय बचाउनुका साथै परिकारको वास्तविक स्वाद र पोषण सुरक्षित राख्छ।

र्यापिड एयर फ्लोस् सबै दिशाबाट समान रूपमा पकाउने र पोषण जोगाउने प्रविधि।

पहुँच र भरोसा देशभर उपलब्ध

सिजी मेरिडिया स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू सिजी डिजिटल र एलजी शपी, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत ग्राहक वर्गहरूले यी उपकरणहरू सहज र सुलभ तरिकाले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।

६ महिनाको अवधिमा हामीले पाएको उत्साहजनक प्रतिक्रियाले यो प्रमाणित गरेको छ कि नेपाली उपभोक्ताहरू प्रविधि र स्वास्थ्यप्रति निकै सचेत छन्, सिजी इलेकट्रोनिक्सका एक अधिकारीले बताए। 

एक्प्रेरेन्स लाइफबिच सिजी को नारालाई सार्थक बनाउँदै सीजीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिँदै नवीन प्रविधिहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गर्दछ।


प्रतिक्रिया दिनुहोस्