मन्त्रीपरिसद्को बैठक बस्तै, मन्त्रालयको संख्या घटाउने एजेन्डा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मन्त्रीपरिसद्को बैठक बस्तै, मन्त्रालयको संख्या घटाउने एजेन्डा



काठमाडौं । नेपाल सरकारले प्रशासनिक कार्यक्षमता बढाउन र राज्यको भार कम गर्न मन्त्रालयहरूको पुनर्संरचना गर्ने तयारी थालेको छ ।

आज सिंहदरबारमा बस्ने मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयहरूको संख्या कटौती गर्ने र समान प्रकृतिका मन्त्रालयहरूलाई आपसमा गाभ्ने विषयलाई प्रमुख एजेण्डा बनाइएको छ ।

यस सुधारले सरकारी संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्