नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा
काठमाडाैं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा बिस्तारगरेको छ । यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिकसञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरेको छ।
इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामाअत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चाहनेलाई सेवा दिदैं आएको छ। योकम्पनी ट्रेस नामक श्रीलंकाको सार्वजनिक संस्थामा सुचिकृत छ । ट्रेसलेश्रीलंकामा नयाँ व्यवसाय, आविस्कार र उद्यम गर्न चाहनेहरुलाई सहयोग गर्छ ।
टिङ टिङले श्रीलंकामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकहरुलाईसेवा दिने योजना अगाडि बढाइसकेको छ । टिङटिङले नेपालमा बैंक, बीमा प्रदायक संस्था, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै गएको छ ।
टिङ टिङका सिइओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारीलक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको बताए । ‘हामी विश्वव्यापी रुपमाआफुलाई बिस्तार गर्ने योजना बनाइरहेका छौं । यो त्यही अभियानकोएउटा पाइला हो । सरकारले नेपालबाट आईटी र प्रविधि सम्बन्धी सेवानिर्यात गर्ने सोच बनाएको छ । नेपालको प्रतिनिधित्व गरेर सेवा बिस्तारगर्न पाउँदा हामीलाई गर्व पनि लागेको छ । नेपालमा रोजागरी सिर्जनाकालागि आइटी र प्रविधि क्षेत्रको बिस्तार जरुरी छ,’ शर्माले भने ।
इफेक्टिभ सोलुशन्सका निर्देशक हमिन्दा जयवेराले एआईमा आधारितसेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनुखुसीको विषय रहेको । यस सहकार्यले श्रीलंकाका उद्यमी र सेवाप्रदायकहरुलाई ठूलो लाभ मिल्ने उनले बताए ।
हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, सन्देश, सामाजिक सञ्जाल, विद्युतीय हुलाक, वेब संवाद तथा कल केन्द्रमार्फतछुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन् । यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ हराउने, कलको चापबढ्ने तथा सेवा गुणस्तरको स्पष्ट जानकारी नहुने जस्ता समस्या देखिएकाछन् ।
यिनै चुनौती समाधान गर्न टिङटिङले आफ्नो कृत्रिम बुद्धिमत्ता–सञ्चालितसञ्चार प्रणालीहरूको समुच्चय श्रीलङ्कामा ल्याएको हो । TingTingsuite अन्तर्गत TingTing Call Broadcast, TingTing Text,TingTingForms, TingTing Agents, TingTing Omni र TingTing Connect जस्ता सेवाहरू रहेका छन्।
यी सबैले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीयसंवाद व्यवस्थापन तथा कल केन्द्र सञ्चालनलाई एउटै प्रणालीमार्फतसञ्चालन गर्न सहयोग पुर्याउँछन् ।
यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेखन, प्रतिलेखन, भावनाविश्लेषण, कृत्रिम बुद्धिमत्ताद्वारा तयार गरिएको सारांश, प्रत्यक्ष विवरणप्यानल तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ । यसलेव्यवस्थापन टोलीलाई ग्राहकका धारणा, सेवा टोलीको प्रतिक्रिया तथासुधार गर्नुपर्ने क्षेत्रबारे स्पष्ट बुझ्न सहयोग पुर्याउँछ ।
व्यावसायिक सञ्चारलाई सरल, सहज र एकिकृत बनाउने लक्ष्यका साथटिङ टिङले काम गरिरहेको छ । यसअघि टिङ टिङ ले वेव समिट कतार२०२६ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमाप्रस्तुत गरेको थियो । श्रीलङ्कामा सेवा बिस्तारले “नेपालमा बनेको, विश्वका लागि” नारा थप सार्थक बनेको कम्पनीले जनाएको छ ।













