अर्थ मन्त्रालय मातहतको २९ जनाको जागिर चट, को–को हटे ?  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थ मन्त्रालय मातहतको २९ जनाको जागिर चट, को–को हटे ? 



काठमाडौँ । सरकारले अध्यादेशमार्फत यसअघिका राजनीतिक नियुक्ति लिएका विभिन्न संस्थान तथा निकायहरूका सञ्चालक तथा कार्यकारी प्रमुखहरूलाई पदमुक्त गरेको छ । 

प्रधानमन्त्री बालेन साहले सरकारको नेतृत्व गरेसँगै अर्थ मन्त्रालयको अलावा विभिन्न नियुक्तिहरूलाई एकै पटक पदमुक्त गरेको हो । सरकारले अध्यादेशमार्फत अर्थ मन्त्रालय अन्तर्गतका २९ जनालाई पदमुक्त गरेको जनाइएको छ । 

मङ्गलवार साँझ अर्थ मन्त्रालयले एक विज्ञप्ती जारी गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चाटर्ड एकाउन्टेन संस्था, निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपाल बीमा प्राधिकरण तथा नेपाल धितोपत्र बोर्डका सञ्चालक तथा कार्यकारी प्रमुखहरू पदमुक्त भएको जनाएको छ । 

अध्यादेशपछि पदमुक्त हुनुभएका अर्थ मन्त्रालय मातहतका निकायका अधिकारीहरू

 कर्मचारी सञ्चय कोष 

 अध्यक्ष श्री भूपाल बराल-नेपाल सरकार बहालवाल राजश्व सचिव

 सदस्य डा. धनिराम शर्मा-नेपाल सरकार बहालवाल सहसचिव, श्री इश्वर कार्की, श्री विनोद थापा ।

सदस्य प्रा. डा. तारा प्रसाद भुसाल, श्री देवेन्द्र रमण खनाल।

कोषको प्रशासक- जितेन्द्र धिताल।

नागरिक लगानी कोष

अध्यक्ष – तुलसी प्रसाद घिमिरे।

विज्ञ सञ्चालक –हेमन्त राज रमाली।

कार्यकारी निर्देशक – पर्वत कुमार कार्की।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था

तीन जना सदस्यहरू – कुमार राई, 

थान प्रसाद पज्ञानी-नेपाल सरकार सहसचिव,

श्याम प्रसाद भण्डारी-नेपाल सरकार बहालवाल सहसचिव,

लेखामान बोर्ड

अध्यक्ष – सुनिल कुमार ढुङ्गेल।

पाँचजना सदस्यहरू – मनमोहनराज काफ्ले, 

जितेन्द्र कुमार मिश्र, 

दुर्गा प्रसाद ज्ञवाली, 

मनिषराज उप्रेती र 

विदुर लुइँटेल।

सदस्य – पोषराज नेपाल।

लेखापरीक्षणमान बोर्ड

अध्यक्ष – जगन्नाथ उपाध्याय निरौला ।

तीन जना सदस्यहरू – रविन्द्र राज भण्डारी, 

क्षेत्र गोपाल प्रधान र 

शेषमणी दाहाल।

सदस्य – गणेशराज राई।

नेपाल धितोपत्र बोर्ड

सदस्य – पीताम्बर भण्डारी।

निक्षेप तथा कर्जा सुरक्षण कोष

सदस्य – रिक्त रहेको।

सदस्य – प्रकाश जंग थापा।

प्रमुख कार्यकारी अधिकृत – रमेश घिमिरे।

नेपाल बीमा प्राधिकरण

जीवन बीमा सदस्य – डा. गणेश प्रसाद पाण्डे।

निर्जीवन बीमा सदस्य – रिक्त रहेको।


प्रतिक्रिया दिनुहोस्