विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूत पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूत पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडाैं । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक महावाणिज्यदूतहरूलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित अनररी कन्सुलर जनरल तथा कन्सुलरहरूलाई हटाउने निर्णय गरेको हो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले १५ जना अवैतनिक महावाणिज्यदूतहरूलाई पदबाट मुक्त गरिएको पुष्टि गरे।

यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग सम्बन्धित महत्वपूर्ण महासन्धिहरू अनुमोदनका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र महासन्धि नम्बर ८१ लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न सरकारले स्वीकृति प्रदान गरेको छ।

श्रम अधिकार र कार्यस्थलको सुरक्षाका दृष्टिले यी महासन्धिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा निकै महत्वपूर्ण मानिन्छ।


प्रतिक्रिया दिनुहोस्