यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरको म्याद वैशाख ३१ सम्म « Arthapath.com
२ श्रावण २०८३, शनिबार

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरको म्याद वैशाख ३१ सम्म



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने समय अब केही दिन मात्र बाँकी रहेको छ । गत चैत २६ गतेदेखि बिक्री खुला गरिएको यस हकप्रद शेयरमा लगानीकर्ताले आगामी वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता (१०:१ अनुपात) को दरले हकप्रद शेयर निष्काशन गरेको हो । यस अन्तर्गत प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर बिक्रीका लागि राखिएको छ ।

यो हकप्रद शेयर भर्नका लागि फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र योग्य हुनेछन् । किनभने कम्पनीले फागुन १७ गतेलाई बुकक्लोज मिति तोकेको थियो । इक्रा नेपालले यो इन्स्योरेन्सलाई ’इक्राएनपी ट्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था र दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस प्रक्रियामा शेयरधनीहरूले लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरू वा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । हाल २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड पश्चात् पूँजी वृद्धि भई २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ। पूँजी वृद्धिको यो योजनाले कम्पनीको व्यवसायिक क्षमतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्